+
+

मकवानपुर–काठमाडौं जोड्ने दुई सडक पुनः सञ्चालन   

थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक मंगलबारदेखि सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।    

रासस रासस
२०८१ माघ ८ गते १५:२३
फाइल तस्वीर

८ माघ, मकवानपुर । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएको छ ।

थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक मंगलबार बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार, ती दुवै सडक स्तोन्नतिका लागि गत ७ पुस र २२ पुसदेखि बन्द गरिएको थियो ।

यसैगरी, मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधन सञ्चालन भइरहेको अर्यालले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?