+
+

अब घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी गर्छौं : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १५:४६

८ माघ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरु चिजहरु घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दैछौ,’ उनले भने, ‘म यो गर्न चाहन्छु भनेर गर्न सक्ने त्यो प्रविधिको सुरु गर्दैछौं र त्यो छोटो समयभित्र हामी सफल बनाउँछौं ।’

अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।

कार्यक्रममा हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश र विदेशमा आदानप्रदान हुने खालका सहजीकरणका व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै आइटी उद्यमीहरूले प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?