+

एन्फा महिला लिग : सुस्माको ह्‍याट्रिकमा वालिङको सान्त्वना जित

२०८१ माघ  ८ गते १७:५९ २०८१ माघ ८ गते १७:५९
एन्फा महिला लिग : सुस्माको ह्‍याट्रिकमा वालिङको सान्त्वना जित

८ माघ, काठमाडौं । एन्फा महिला राष्ट्रिय लिगअन्तर्गत सुपर लिगको अन्तिम खेलमा वालिङ नगरपालिकाले सान्त्वना जित हासिल गरेको छ । सुपर लिगमा जितविहिन रहेको वालिङले ३-१ को शानदार पुनरागमन जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा वालिङलाई जिताउन सुस्मा तामाङले ह्याट्रिक गरिन् । बागमतीका लागि सहारा लिम्बुले सुरूवाती गोल गरेकी थिइन् ।

४३औं मिनेटमा सहाराले गोल गर्दै बागमतीलाई अग्रता दिलाएको भएपनि दोस्रो हाफको ५६औं, ६८औं र ८५औं मिनेटमा सुस्माले गोल गर्दै ह्‍याट्रिक गर्दा वालिङको सान्त्वना जित पनि सम्भव भयो ।

बागमती यसअघि नै प्लेअफमा पुगिसकेको छ भने वालिङ बाहिरिने निश्चित भइसकेको थियो । बागमतीले ८ खेलबाट ४ अंक जोड्यो भने वालिङ ३ अंकमा सीमित रह्‍यो ।

बागमतीले अब प्लेअफअन्तर्गत इलिमिनेटरमा नेपाल पुलिस क्लबसँग खेल्ने छ भने पहिलो क्‍वालिफायरमा त्रिभुवन आर्मी र एपीएफ खेल्ने छन् ।

एन्फा महिला राष्ट्रिय लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय