+
+

दिकिलाले साइन गरिन् बुद्धि तामाङको ‘कुस्ती’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १२:१९
दिकिला शेर्पा (बायाँ)

काठमाडौं । एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चम्किएकी दिकिला शेर्पाले एकपछि अर्को गरी नेपाली फिल्म साइन गरिरहेकी छिन् । गत महिना उनले रोहित अधिकारीको ‘माइतीघर’ खेल्ने टुंगो लागेको थियो ।

यतिबेला उनले अर्को एक नेपाली फिल्म साइन गरेको खबर छ । अभिनेता समेत रहेका बुद्धि तामाङको डेब्यु निर्माण हुने फिल्म ‘कुस्ती’मा शेर्पा अनुबन्धित भएकी छन् ।

निर्मातासँग सम्झौतामा हस्ताक्षर गर्दै उनले कार्यशाला ज्वाइन गरेकी छन् । फागुन पहिलो सातादेखि छायांकनमा जाने फिल्ममा उनको भूमिका महत्वपूर्ण हुने निर्देशक तथा लेखक अनिल योञ्जनले जानकारी दिए ।

‘हामीलाई एउटा फ्रेस अनुहार चाहिएको थियो । दिकिलालाई भूमिका सुहाउँदो भएपछि अफर गरेका हौं । सम्झौता गरेर वर्कशपमा हुनुहुन्छ । निकै उत्साहित हुनुहुन्छ,’ उनले भने ।

दिकिलाले भारतबाट नेपाल आएर फिल्मको पात्रका लागि ‘स्क्रीन टेस्ट’ दिएर छनोट भएको निर्देशक योञ्जनले जानकारी दिए ।

फिल्म साइन गरेपछि उनले भनिन्, ‘पहिलो फिल्म भएकाले उत्साहित छु । सुहाउँदो भूमिका मैले मन पराउने सिनियर कलाकार, भद्र र शालीन टिमले मलाई अभिनेत्री बन्न प्रेरित गर्‍यो । म आफूले धेरै मेहनत गरेर सक्दो राम्रो दिने कोसिस गर्ने छु । मैले पाएको मायालाई बढाउने काम फिल्ममा गर्नेछु ।’

आफू धीरज मगर र मिरुना मगरको को-स्टार भएर अभिनय गर्न अधैर्य रहेको उनले बताइन् । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको ब्यानरमा बन्ने फिल्म ‘कुस्ती’मा अलग हुन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा समेटिने जनाइएको छ ।

फिल्ममा धीरज र मिरुनाले पहिलोपटक स्क्रिन सेयर गर्दैछन् । फिल्मलाई काठमाडौं एप्पल इन्टरटेनमेन्ट, रीच इन्टरटेनमेन्ट, मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?