 
																			९ माघ, काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको छ । हिजो (मंगलबार) दिउँसो २ बाट लागेको आगो तत्काल निभाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोको अनुसार सामुदायिक वनको भिरमा आगो लागेकोले तत्काल निभाउन सकिने अवस्था नरहेको हो ।
स्थानीयको सहयोगमा आगो निभाउने पहल भएपनि सम्भावना कम रहेको महतोले बताए । जंगलमा आगो लागेपनि बस्तीमा भने आइनपुगेको प्रहरी सहायक निरीक्षक महत्तोले जानकारी दिए ।
बेथानचोक १ बाट आगोको मुस्लो देखिएको स्थानीय गोपालकृष्ण सापकोटाले जानकारी दिए ।
‘बेथानचोक नारायस्थनको डाँडापारी पट्टी डाँडै पिच्छे बलेको देखिन्छ, व्यापक धुवाँ निस्केको छ’, सापकोटाले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4