+
+

विकास निर्माण सरकारको मुख्य प्राथमिकता : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १८:१०

११ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् ।

शुक्रबार सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको ‘ब्रेक थ्रु’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री सिंहले सुरूङ मार्गको ब्रेक थ्रुपछि सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गर्दै  अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको बताए ।

राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको उनको भनाइ थियो ।

‘योजनाहरू राम्रो भए पनि राजनीति स्थिरता नहुँदा काम समयमा नसकिने र काममा व्यवधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रिय राजनीतिको आवश्यकता अनुसार कांग्रेस, एमाले र अरू साना दल मिलेर सरकार बनेको छ,’ मन्त्री सिंहले भने, ‘राजनीति स्थायित्व दिन राष्ट्रिय आवश्यक्ता अनुसार अहिले संयुक्त सरकार बनेको छ ।’

उनले विकास निर्माणको काममा जनताको सहभागिता र स्वीकार्यता आवश्यक पर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?