+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

योगदानमा आधारित पेन्सनमा समेट्ने प्रावधान हटाउन पेन्सन वञ्चित शिक्षकको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १८:४०

११ माघ, काठमाडौं । पेन्सन वञ्चित शिक्षक समूह पर्साले अध्यादेश मार्फत शिक्षकलाई योगदानमा आधारित पेन्सनमा समेट्ने प्रावधान खारेज गर्न माग गरेको छ ।

पेन्सन वञ्चित शिक्षक समूह जिल्ला संघर्ष समिति पर्साले जारी गरेको ध्यानकर्षण पत्रमा भनिएको छ, ‘अध्यादेश जारी गर्नु आफैंमा गलत, अन्यायपूर्ण र आपतिजनक छ । यो कुरा नेपालको कुनै पनि कानुन संगत नभएको समेत जानकारि गराउन चाहन्छौं । पर्सा जिल्लाका सम्पूर्ण पेन्सन वञ्चित शिक्षकहरु अध्यादेशको उक्त प्रावधान अविलम्ब खारेजीको माग गर्दछ ।’

सरकारले जारी गरेको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा योगदानमा आधारित निवृत्तभरण कोष ऐनको परिच्छेद ४ को १ क मा ’शिक्षक सेवा’ थप गर्ने भनिएको छ । यसमा शिक्षकहरूले विरोध गर्दै आएका छन् ।

तर, शिक्षामन्त्री विद्या भट्टराईले ऐन जारी भएपछि मात्र लागू हुने भएकाले २०७५ देखिको शिक्षकका लागि नभएको बताउँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?