+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

रुखबाट लडेर गोरखामा एकको मृत्यु

घरमा छायाँ पर्‍यो भन्दै हाँगा काट्न बरको रुखमा चढेका बेला खसेर लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते १६:२४

१२ माघ, गोरखा । गोरखामा रुखबाट लडेर एकजनाको ज्यान गएको छ । भीमसेन थापा गाउँपालिका–४ धावा बटडाँडा बस्ने ५५ वर्षीय पोष्टबहादुर लामिछाने ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमा छायाँ पर्‍यो भन्दै हाँगा काट्न आफ्नै घरपछाडि रहेको बरको रुखमा चढेका लामिछाने खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

‘रुखले घरमा छाया पर्‍यो भनेर हाँगा काट्न रुख चढेका रहेछन्,’ प्रहरी निरीक्षक शर्माले भने, ‘त्यही क्रममा रुखबाट खसेर घटनास्थलमै उनको मृत्यु भयो ।’

लामिछानेको शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?