 
																			स्वास्थ्य पत्रकारहरूको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको छैटौं अधिवेशनबाट भिषा काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष निर्वाचित काफ्ले हेल्थ आवाज डटकमका कार्यकारी सम्पादक हुन्।मञ्चको वरिष्ठ उपाध्यक्षमा बुद्धि कट्टेल निर्वाचित भए।
दुई उपाध्यक्षका लागि भएको निर्वाचनमा एकमा महेश तिमल्सिना निर्वाचित भए भने अर्को उपाध्यक्ष पदमा शरद शर्मा र सञ्जिता खनालको बराबर मत आएपछि एक-एक वर्ष आलोपालो गर्ने सहमति भएको भएको छ।
महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा ज्योति अधिकारी र कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भइन्।
सदस्यहरुमा उपेन्द्र खड्का, सिर्जना कार्की, कृष्ण आचार्य, लक्ष्मी चौलागाई, सुरेश खनाल, बिना न्यौपाने, सन्तोष निरा राई र भोलाअधिकारी निर्वाचित भए । कार्यसमितिको कार्यकाल दुई वर्ष हुने मञ्चको विधानमा छ ।
मञ्चको अधिवेशनमा द राइजिङ नेपालकी पत्रकार अजिता रिजाललाई क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4