+
+

२ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १७:२७

१४ माघ, काठमाडौं । दुई करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रामेछापको खाँडादेवी गाउँपालिका–९ घर भएका ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१३ का २३ वर्षीय हरिचन्द्र भुजेल छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले अनलाइन जुवा खेलाएको आरोप छ ।

पक्राउ परेकाहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?