+
+

धितो राखेर ऋण लिन १०२ कम्पनीको मात्र सेयर योग्य

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते २०:१०

१५ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । जसअनुसार १ सय २ कम्पनीको सेयर धितो राखेर ऋण पाउन योग्य देखिएको छ ।

मार्जिन कारोबार सम्बन्धी निर्देशिका अनुसार कम्पनीहरूको सूची सार्वजनिक भएको नेप्सेले जनाएको छ। सूची अनुसार विगतका दुई आर्थिक वर्ष १० प्रतिशतभन्दा धेरै लाभांश दिएका, कम्तीमा १०

हजार सेयर धनी रहेका कम्पनीको सेयर खरिदमा मात्रै यो सुविधा पाइन्छ ।

कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नभएको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरेका कम्पनीमा मार्जिन कारोबार सुविधा दिन सक्ने व्यवस्था छ ।

नेप्सेले बर्सेनि मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गर्ने गरेको छ ।

गत वर्ष १ सय १२ कम्पनीलाई नेप्सेले मार्जिन कारोबार गर्न योग्य ठहर गरेको थियो । गत वर्षको तुलनामा यसपालि मार्जिन कारोबारका लागि १० कम्पनी अयोग्य देखिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?