+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पार्टीका अफ्ठ्यारा चिरेर अघि बढ्छौं : सन्तोष परियार

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १८:१९

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी जीवनमा आएका अफ्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउने बताएका छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अभियान, क्रान्ति र देश निर्माणमा हिँड्ने क्रममा राजनीतिक पार्टीका जीवनमा यस किसिमका घटनाहरू हुने गरेको उनले जिकिर गरे ।

‘पार्टी जीवनमा आएका अफ्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउँछौँ । देश निर्माण गर्ने नयाँ पुस्ताको अभियान छ, यो निरन्तर अगाडि जान्छ,’ उनले भने ।

उनले देश निर्माण गर्ने नयाँ पुस्ताको अभियानलाई निरन्तर रुपमा अघि बढाउने बताए ।

‘एउटा अभियान, क्रान्ति र देश निर्माणमा हिँडिरहँदा एउटा राजनीतिक पार्टीका जीवनमा अनेक घटनाहरू हुन्छन् । हामीलाई थाहा छ । नेपालको राजनीतिक इतिहासमा अहिले स्थापित नेताहरू हुनुहुन्छ,’ परियारले भने, ‘उहाँहरूको बेलामा राणाका, पञ्चायतका बेलामा राज्यले उहाँहरुलाई पनि कति अन्याय गरेको थियो भन्नेकुरामा स्वयं अनुभवी हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?