 
																			चितवन । नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले चितवनमा प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ ।
आइतबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त, एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देल लगायतले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड पन्तले नामी ईभीले देशभरका ग्राहकबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाइरहेको बताए ।
उनले गाडी खरिद गर्नु अघि ब्रान्डको विरासत र नेपालमा वितरकको विश्वसनीयता बुझ्नु पर्नेमा जोड दिए ।
सेगमेन्ट-फर्स्ट सुविधायुक्त नामी
नामी ईभीले आफ्नो सेगमेन्टमा विलासिता र बुद्धिमत्ताको नयाँ मानक स्थापित गरेको कम्पनीको भनाइ छ ।
यसको आकर्षक डिजाइनमा विलासी भित्री भाग र उन्नत स्मार्ट प्रविधि निर्बाध रूपमा एकीकृत गरिएको छ। यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस ढोका, फ्लस ढोका ह्यान्डलहरू, अटो पार्किङ र टेबलटप सहितको यात्रु ड्रएरजस्ता सेगमेन्ट-फर्स्ट आविष्कारहरू रहेको कम्पनीले जनाएको छ।
ईभी उत्साहीका लागि उपयोगी नामी ईवान, नामी ईटू र नामी ईथ्री गरी तीन भेरियन्ट उपलब्ध रहेको छ, जसको मूल्य ३० लाख २४ हजार रुपैयाँदेखि ३५ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।
सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प
एमएडब्लू वृद्धिले २१ माघदेखि २३ माघसम्म भरतपुरको सीएमटी रिसोर्टमा चितवनकै सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्ने भएको छ ।
जहाँ ग्राहकले विभिन्न विशेष अफरको आनन्द लिन सक्नेछन् । यसमा सेरेस र नामी ईभीको खरिदमा नि:शुल्क ७ किलोवाट चार्जर, ट्रेड-इनका लागि असाधारण एक्सचेन्ज मूल्य र बोनस एवम् छिटो र सजिलो अन-साइट फाइनान्सिङका विकल्पहरू रहेको कम्पनीले जनाएको छ ।
सहभागीहरूले प्रत्येक टेस्ट ड्राइभ र सवारी भ्यालुएसनमा उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
क्याम्पमा हालै लन्च गरिएका नामीसहित नवीनतम डोङफेङ र सेरेस ईभीहरू अन्वेषण गर्न र चितवनमा भइरहेको विद्युतीय सवारी क्रान्तिमा सामेल भई सीमित अवधिका अफरहरूको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4