+
+

टेलिकमका २०१ कर्मचारीलाई ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक, एक महिनाको तलब थप

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १४:४६

२२ माघ, काठमाडौं । नेपाल टेलिकमका २०१ जना कर्मचारीहरुले दीर्घ सेवा पदक पाएका छन् । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण गरेको हो ।

५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ ।

नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्रले अनलाइनखबरसँग भने, ‘स्थायी सेवामा २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीहरुलाई पाँचग्राम सुन र केही चाँदी मिसिएको तक्मा र सरकारी स्केल अनुसार एक महिनाको तलब दिइएको छ ।’

पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको उनले बताए ।

पदक पाउने कर्मचारीहरु २०५८ कात्तिक २२ देखि २०६१ माघ १० गतेसम्म स्थायी भएकाहरु छन् । सहप्रवक्ता मिश्रले भने, ‘दीर्घ सेवा पदक र एक महिना बराबरको तलब वितरण पहिले पनि हुन्थ्यो । यो पुरानै निरन्तरता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?