+
+

सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद् गठन

शुक्रबार काठमाडौंमा आयोजित भेलाले नेपाः मण्डलका नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १६:४८

२५ माघ, काठमाडौं । नेवा: समुदायको हक हितका लागि नेवाः राष्ट्रिय परिषद्‍ गठन भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित भेलाले नेपाः मण्डलका नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरेको हो ।

सचिवालयका सदस्यहरूमा रवीन्द्रकुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, शिवभक्त रञ्जित, कृष्ण मानन्धर, जीवपति श्रेष्ठ, इन्द्रप्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रञ्जितकार, अनु सायमी, रिना प्रधान, बेबी राजभण्डारी छन् ।

पुर्खाहरूले हजारौं वर्षदेखि उत्पादन गरेको ज्ञानको आधारमा समाज व्यवस्थापन गरिने संयोजक सायमीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेवाः हरूको संस्कृति, सभ्यता, दर्शनको रक्षाका लागि परिषद् गठन गरिएको सायमीले जानकारी गराए ।

नेवाः सभ्यता विश्वकै प्राचीनतम सभ्यताहरू मध्येको एक रहेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वका कतिपय समृद्ध मुलुकहरू पत्ता नलाग्दै नेवाः हरूले चीन, मंगोलिया, कोरिया, जापान तथा तिब्बतलाई आफ्नो समृद्ध ज्ञान परम्पराले प्रभावित पारेको सायमीले दाबी गरे ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?