 
																			२५ माघ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सोलुखुम्बुको जलवायु सम्बन्धी गोष्ठी गरेको छ । जलवायु परिर्वतनबारे भएको संगोष्ठीको मुख्य सन्देश ‘वान अर्थ, वान भोइस, एक्ट अन क्लाइमेट चेञ्ज’ बनाइएको थियो ।
नेविसंघले आयोजना गरेको जय नेपाल टी–२० कपको विजयी टीम मध्यपश्चिम विश्वविद्यालय पनि गोष्ठीमा सहभागी भएको थियो ।
जय नेपाल कपलाई जलवायु परिवर्तनको मुद्दासँग पनि जोडिएको हुँदा हिमाली क्षेत्रमा संगोष्ठी गरिएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।
कार्यक्रममा सहभागी हुने प्रतिनिधिमा सगरमाथा राष्ट्रिय निकुञ्ज, हिमालयन ट्रेकर्स, स्थानीय बासिन्दा, ट्रेकरहरू लगायत सहभागी थिए ।
बिहीबार भएको कार्यक्रमका लागि नेविसंघले क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वल्ड्र्स युथ फर क्लाइमेट जस्टिस, युथ एक्शन फर सस्टेनेबल एण्ड इको नेपाल, तथा युथ इनिसिएटिभसँग सहकार्य गरेको थियो ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4