+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद, एक लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १९:२३

२५ माघ, काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई अदालतले सजाय सुनाएको छ ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकिएको सूचना अधिकृत सुदिप कुमार भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

‘उहाँलाई २ वर्ष ६ महिना कैद र एक लाख जरिवाना सुनाइएको छ,’ उनले भने । त्यस्तै, पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ ।

राईमाथि नैतिक पतन देखिनेगरी कसूर ठहर भएको भट्टराईले बताए ।

आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए ।

१० माघमा दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो

मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरूलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढेको थियो ।

प्रहरीले राईलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?