
२६ मघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँला ठगेको बताएका छन् ।
अध्यक्ष नेपालले केपी ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि रातारात सरकार बदलेको बताउँदै अहिले त्यो कुरा पुष्टि भएको बताएका हुन् ।
काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि संविधान संशोधनको कुरा गरेर ठगेको बताएका हुन् ।
संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको बताउने प्रधानमन्त्रीले अहिले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको बताए । ‘त्यही प्रधानमन्त्री हुन दुनियाँलाई ठग्नका लागि संविधान संशोधन गर्नुछ भन्ने ? गफै हाँकेको हो भने त्यो गफको के काम ?’ उनले प्रश्न गरे ।
उनले अहिले संविधान संशोधनको विषय ०८७ को विषय बन्न पुगेको बताउँदै ०८४ र ०८७ बीचको अवधिमा प्रधानमन्त्री को बन्ने हो भन्दै अर्को प्रश्न पनि गरे । उनले अघि भने, ‘ ०८४ र ०८७ को बीचमा को हुने हो प्रधानमन्त्री ? यसको केही छ जवाफ ?, उनले प्रश्न गर्दै भने, ‘मुखबाट त्यो सिलिप भएको हो कि ? नबोल्नुपर्ने कुरा निस्केको हो कि ? त्यो पनि प्रष्ट थाहा भएको छैन ।’
सोही कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले केपी शर्मा ओली मुलुक सञ्चालनमा समेत गम्भीर नभएको आरोप लगाए ।
प्रतिक्रिया 4