
फाइल तस्वीर ।
२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मानव वन्यजन्तु द्वन्द्वले पनि आगलागीको विपत्ति निम्त्याएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मानव–वन्यजन्तु द्वन्द्वको प्रतिशोधमा समेत जंगलमा आगो लगाउने कार्यले विपत्ति निम्त्याएको छ,’ उनले भने ।
बाँदर र बँदेलले बाली खाइदिँदा किसान चिन्तित रहेको उनले बताए । यस्तो समस्या समाधान गर्न राज्यले स्पष्ट नीति ल्याउन आवश्यक रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4