+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

तनहुँमा प्रहरीलाई कुटेको आरोपमा चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १२:४०

२८ माघ, तनहुँ । प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा तनहुँ प्रहरीले ४ जना युवालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोप छ ।

पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?