+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

ग्यास उद्योगीका माग सम्बोधन गर्न मन्त्रीले मागे १५ दिन, आन्दोलन स्थगित

उद्योगमन्त्री दामोदर भण्डारीले माग सम्बोधन गर्न १५ दिनको समय मागेसँगै नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलन स्थगित गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते २०:१७
उद्योगमन्त्री दामोदर भण्डारी/फाइल तस्वीर

३० माघ, काठमाडौं । खाना पकाउने ग्यास एलपी ग्यास उद्योगीले बुधबारदेखि गर्ने तय गरेको आन्दोलन स्थगित गरेका छन् ।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले माग सम्बोधन गर्न १५ दिनको समय मागेसँगै आन्दोलन स्थगित गरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

संघका अनुसार बुधबारदेखि गर्ने भनिएका सबै आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित गरिएको छ । यसअघि संघले १९ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेको थियो ।

उद्योगीले चरणबद्ध आन्दोलन तयारी गरेसँगै मन्त्री भण्डारीले बुधबार उद्योगीलाई छलफलका लागि बोलाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?