+
+
Shares

यो हो संसारकै अग्लो अर्ना (भिडियोसहित)

एजेन्सी एजेन्सी
२०८१ फागुन १ गते १२:४१

खुरदेखि ढाडको टुप्पोसम्म ६ फिट ०.८ इन्च उचाइ रहेको ३ वर्षीय भाले अर्ना किंगकोंग विश्वको सबैभन्दा अग्लो अर्ना हो । यसले संसारकै अग्लो अर्नाको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।

हुनत अर्नाहरु वस्तुभाउ वर्गका ठूलो आकारका प्रजातिमै पर्दछन् । तर, थाइल्याण्डको नाखोन राटच्यासिमास्थित निनलानी फार्ममा जन्मिएको यो अर्ना असाधारण रुपमा ठूलो तथा अग्लो छ ।

यसको शरीरको उचाइ अन्य साधारण अर्नाहरुको तुलनामा २० इन्च धेरै छ ।

अर्नाका मालिक सुचार्ट बूनचारोइनका अनुसार किंगकोंग जन्मिँदै ठूलो जीउको थियो र भविष्यमा भीमकाय हुनेछ भन्ने उतिबेलै उनले लख काटेका थिए । त्यसैले साइन्स फिक्सन फिल्मको एक भीमकाय जनावर पात्रको नामबाट उनले यो अर्नाको नाम किंगकोंग राखेका थिए ।

यो भिमकाय अर्ना देख्दैमा तर्साउने खालको छ । तर यो निकै भद्र खालको छ र मानिसहरुसँग खेल्न तथा मानिसकै वरिपरि बस्न रुचाउँछ ।

उक्त फार्मका कर्मचारी चेरपाट उट्टीका अनुसार किंगकोंग निकै आज्ञाकारी छ । यो मानिसको आसपास दौडिन पाउँदा र जीउमा कन्याइदिंदा निकै खुसी हुन्छ ।

यो अर्नाको जन्म सन् २०२१ को अप्रिल १ मा भएको हो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?