
२ फागुन, जनकपुरधाम । बारा सदरमुकाम कलैयामा ‘नि:शुल्क कपडा बैंक’ सञ्चालनमा आएको छ । ग्रामीण उत्थान अभियान कलैयाद्वारा ‘निशुल्क कपडा बैंक’ स्थापना गरिएको हो ।
लत्ताकपडा खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले ‘निशुल्क कपडा बैंक’ स्थापना गरिएको संस्थाका संस्थापक मोकद्दम अन्सारीले जानकारी दिए ।
यस बैंकबाट गरिब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले बताए ।
निःशुल्क कपडा बैंकमा खासगरी असहाय, गरिब, विपन्न, एकल, दलित, पिछडिएको र मजदुर वर्गका व्यक्तिले लाभ लिएको देखेर आफू उत्साहित भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारिको भनाइ छ।
उनले यसलाई निरन्तर दिन एउटा कार्यविधि बनाएर अगाडि बढ्न सुझाव दिँदै आफ्नो साथ रहने समेत बताए ।
‘कपडा बैंक’ की संस्थापक अध्यक्ष माधुरी गिरीका अनुसार एक घण्टामै ३५ जनाभन्दा बढीले लगाउने कपडा लगेका छन् ।
प्रतिक्रिया 4