+
+
Shares

जनमतका नेताहरु हतियारसहित डुले, प्रहरीले सोधपुछपछि छाड्यो

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८१ फागुन ४ गते २१:२२

४ फागुन, रौतहट । जनमत पार्टीका नेताहरूले रौतहटको गौरमा हतियार प्रदर्शन गरेका छन् । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेष जमसेदले हतियार प्रदर्शन गरेका हुन् ।

अब्दुल खान गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए । भेटका क्रममा उनीहरूले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू सोफामा बसेका थिए ।

यस्तै उनीहरू (उपाध्यक्ष र जिल्ला इञ्चार्ज) डुल्दा पनि दुवै जनालाई हतियार बोकाएर साथै हिँडाएका थिए । जिल्ला इञ्चार्जसमेत रहेका जमसेदले भेटघाट र डुलाएको फोटो र भिडियो फेसबुकमा राखेका थिए । खुलेआम हतियार प्रदर्शन गरेको भनेर आलोचना भएपछि उनले फोटो र भिडियो फेसबुकबाट हटाएका थिए ।

प्रहरी भन्छ : लाइसेन्स प्राप्त हतियार हुन्

जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको विषयमा जनमत पार्टीका जिल्ला इञ्चार्ज शेष जमसेदसँग सोधपुछ समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले लाइसेन्स प्राप्त हतियार भएकाले सोधपुछपछि छाडेको जानकारी दिए ।

उनले भने, ‘सामाजिक सञ्जालमा देखिएको बन्दुकहरुको इजाजत पत्र भएको देखियो । इजाजत प्राप्त हतियार व्यक्तिले घरमा राख्न पाइने व्यवस्था रहेकाले हामीले जमसेदलाई सोधपुछ पछि छाडेका छौं ।’

जमसेद भन्छन् : सामाजिक सञ्जालमा राख्नु भूल भयो

जनमत पार्टीका रौतहट इञ्चार्ज शेख जमसेदले शुक्रबार घरमा बन्दुक सफा गर्ने बेलामा उक्त तस्वीर खिचिएको दाबी गरेका छन् ।
तर सामाजिक सञ्जालमा राख्नु आफ्नो भूल भएको उनले बताएका छन् ।

‘दुवै बन्दुक इजाजत प्राप्त हुन् तर सामाजिक सञ्जालमा राख्नु भूल भयो, मैले सो पोष्ट हटाइसकेको छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?