
५ फागुन, काठमाडौं । वातावरण विभागले गरेको प्रदूषण सम्बन्धी छड्के जाँचमा ३१.९८ प्रतिशत सवारीसाधन ‘फेल’ भएका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ मंसिर २० देखि माघ १० सम्म गरिएको छड्के जाँचमा काठमाडौंमा ३१.९८ प्रतिशत सवारीसाधन फेल भएको पाइएको हो ।
विभागले यसबीच ५ सय १९ सवारीसाधन जाँच गरेको थियो । जसमध्ये १ सय ६६ फेल भएका छन् । ३ सय ५३ मात्र पास भएका छन् ।
उता, काठमाडौं महानगरपालिकाले समेत पछिल्लो समय प्रदूषण जाँच बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4