+
+
Shares

डेनिस क्रोनरको कानुनी मान्यता खारेज, नेपालीले फागुन मसान्तसम्म नोट साट्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १८:५२

५ फागुन, काठमाडौं । डेनमार्कको केन्द्रीय बैंकले डेनिस क्रोनरको कानुनी मान्यता खारेज गरेको छ । योसँगै डेनिस क्रोनर नोट चल्ने छैनन् ।

यता, नेपाली नागरिकले आफूसँग भएका डेनिस क्रोनर फागुन मसान्तसम्म साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिभित्र केन्द्रीय बैंकको बैकिङ विभाग, प्रदेश कार्यालय, अन्य बैंक तथा वित्तीय संस्था र मनिचेन्जरबाट साट्न सकिने भएको छ ।

यस अवधिपछि भने केन्द्रीय बैंक यी नोट साट्न बाध्य नहुने समेत राष्ट्र बैंकले सचेत गराएको छ । कानुनी मान्यता खारेज गरिएका बैंक नोटबारे विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको समेत राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?