
५ फागुन, काठमाडौं । सरकारले ७१ उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ उपसचिवको पदस्थापन तथा ३२ उपसचिवको सरुवा गरेको हो ।
पदस्थापन गरिएका उपसचिवहरू जेष्ठता तथा कार्यसम्पादनको मूल्यांकनद्वारा केही दिनअघि बढुवा भएकाहरू हुन् । उनीहरूमध्ये अधिकांशलाई जिल्ला समन्वय समितिको कार्यालयहरूमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रायलले कमलप्रसाद आचार्यलाई जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीमा खटाएको छ । मोहनचन्द्र जोशीलाई जिसस डडेल्धुरा, झबिलाल भट्टराईलाई जिसस धनुषा, विमला काफ्लेलाई जिसस सुनसरी, सुवास श्रेष्ठलाई जिसस जुम्ला, शान्ति महतलाई जिसस सप्तरी, सपनाकुमारी भट्टराई अधिकारीलाई जिसस संखुवासभामा खटाइएको छ ।
यस्तो छ, सरुवा तथा पदस्थापनको सूची :
प्रतिक्रिया 4