+
+
Shares

देउखुरीमा सामुदायिक वनभित्र पुरूषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते ११:३३

६ फागुन, लमही । दाङको लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र एक पुरुष मृत फेला परेका छनन् । लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन थिए । खोजतलासको क्रममा सोमबार अपराह्न सामुदायिक वनभित्र खोल्सामा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ ।

गाईबाखा चराउन गएका गोठाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?