+
+
Shares

एनएमबी हाइब्रिड फन्ड एल–२ मा बिहीबारसम्म आवेदन दिन सकिने 

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १६:२०

काठमाडौं । एनएमबी हाइब्रिड फन्ड एल–२ मा बिहीबारसम्म आवेदन दिन सकिने भएको छ ।

एनएमबी क्यापिटलले २४ माघदेखि सामूहिक लगानी कोष एमएबी हाइब्रिड फन्ड एल-२ को इकाइ खरिदका लागि  आवेदन माग गरेको थियो ।

क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको हो ।

एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनएमबी हाइब्रिड फन्ड एल-२, १० वर्षे बन्दमुखी योजना हो । साथै यो योजना हाइब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फन्डभन्दा तुलानात्मक रूपमा कम जोखिम हुने गर्दछ । उक्त फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाइसम्म अर्थात प्रति इकाई १० रुपैयाँका दरले १ हजारदेखि १२ करोड रुपैयाँसम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

फन्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक कम्पनी एनएमबी बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधरणलाई बिक्री गरेको हो ।

फन्डको कुल १२ करोड इकाइमध्ये कोष प्रवर्द्धक र योजना व्यवस्थापकले सम्पूण बीज पूँजी बराबरको १ करोड ८० लाख इकाइ र ५८ हजार ४४० सर्वसाधारण/संस्थागत लगानीकर्ताहरूबाट १० करोड १५ लाख इकाइका लागि आवेदन परेको जनाइएको छ ।

म्युचुअल फन्ड निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रबद्र्धकलाई (इक्राएनपी–आईआर) ए प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई (इक्राएनपी एएमसी) क्वालिटी २ रेटिङ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?