+
+
Shares

अनलाइनखबरकर्मी शर्मालाई श्यामसुन्दर पुडासैनी स्मृति राष्ट्रिय पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १३:५९

८ फागुन, काठमाडौं । प्रेस चौतारी नेपाल एसोसिएट प्रदेश समितिले यस वर्षदेखि प्रदान गर्न थालेको श्यामसुन्दर पुडासैनी स्मृति राष्ट्रिय पुरस्कार अनलाइनखबरकर्मी विष्णु शर्मालाई प्रदान गरिएको छ ।

बुधबार आयोजित समितिको दोस्रो अधिवेशन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार प्रदान गरे । पत्रकारितामा सक्रिय योगदान पुर्‍याएबापत शर्मालाई पुरस्कृत गरियो । पुरस्कारको राशि १५ हजार ५०० रुपैयाँ र ताम्रपत्र छ ।

अधिवेशनमा नेपाल पत्रकार महासंघमा निर्वाचित प्रेस चौतारीका सदस्यलाई बधाई तथा सम्मान गरियो । पूर्वपदाधिकारी तथा इन्चार्जहरू डीबी खड्का, ध्रुब लम्साल, रामेश्वर कार्की र सइन्द्र राईलाई सम्मान प्रदान गरिएको थियो । राससकर्मी शिक्षा पत्रकार प्रकाश सिलवाललाई प्रेस चौतारी विधागत राष्ट्रिय सम्मान प्रदान गरियो ।

अधिवेशनबाट श्रीहरि थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा रघुनाथ सापकोटा, महासचिवमा मनोज न्यौपाने, कोषाध्यक्षमा विक्रम सुनार, सचिवमा जमत अली, रामजी बलामी, रमिता छुजु, सबिका श्रेष्ठ, दीपक सुनार निर्वाचित भए ।

सदस्यमा केशवराज थोकर, अशेष अधिकारी, पवन फुयाँल, विज्ञान लोहनी, नवराज भण्डारी, विगेन तुलाधर, राजेन्द्र  प्रजापति, प्रविण  किराँती, विन्दु अधिकारी, नवीन गिरी, रुपक केसी, तेजनारायण महर्जन, सुप्रिया मुडभरी, बलराम बुढाथोकी, हर्कबहादुर श्रेष्ठ, कमल प्रसाईं, सुष्मा लामा, अमिशा रिसाल, पूर्णिमा शाक्य, आशिष पौडेल र प्रतिमा मुडभरी चयन भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?