
काठमाडौँ । नेपाली कलाकारको बाक्लो उपस्थिति रहेको अमेरिकामा आयोजना हुने अवार्ड थपिने क्रम बढ्दो छ ।
यस क्रममा ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।
रेवेल इभेन्ट्स, सतिसाल इन्टरनेसनल एलएलसी र बुद्ध कर तथा लेखाले संयुक्तरुपमा अवार्ड आयोजना गर्न लागेका हुन् । अवार्डमा नेपाली फिल्म र संगीत क्षेत्रका विभिन्न विधामा अवार्ड प्रदान गरिने भएको छ ।
नेपाली फिल्म र संगीत क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले न्यूयोर्कमा अवार्ड आयोजना गरिने जनाइयो । एक वरिष्ठ कलाकारलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मानित गरिने भएको छ ।
उक्त अवसरमा कृष्ण मल्ल, रवीन्द्र खड्का, सुरजसिंह ठकुरी, प्रेमराजा महत, ओमविक्रम विष्ट, यम बराल, बद्री पंगेनी, दिलीप समनलगायतका कलाकर्मीको उपस्थिति थियो ।
प्रतिक्रिया 4