+
+
Shares

महाशिवरात्रिमा चन्द्रागिरि हिल्सले केबलकार टिकटमा ५० प्रतिशत छुट दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १५:०६

काठमाडौं । काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले महाशिवरात्रिको अवसरमा आयोजना हुने महाआरतीलाई लक्षित गर्दै केबलकार टिकटमा ५० प्रतिशत छुट दिने भएको छ ।

चन्द्रागिरि हिल्सका अनुसार महाआरतीका दिन साँझ ४ बजेदेखि ६ बजेसम्मको  केबलकार टिकटमा उक्त छुट प्राप्त हुनेछ ।

यो वर्षको महाशिवरात्रि १४ फागुनमा परेको छ ।

हिल्सका अनुसार महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिर परिसरमा  विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ भने साँझ ५ बजेपछि विशेष  महाआरती  हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?