 
																			काठमाडौं । ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय प्रदर्शन मितिको औपचारिक घोषणा भएको छ । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले ९ ठूला अन्तर्राष्ट्रिय बजारको प्रदर्शन मितिबारे जानकारी दिएको छ ।
अमेरिका र क्यानडाका ६५ भन्दा धेरै सहरमा फेब्रुअरी २८ मा रिलिज हुनेछ । मध्यपूर्वका युएई, ओमान, बहराइन र कतारमा फेब्रुअरी २७ मा फिल्म लाग्नेछ ।
अस्ट्रेलिया र न्युजिल्याण्डका फेब्रुअरी २८ देखि फिल्म रिलिज तय भएको छ । ३ मार्चमा जापानको टोकियोस्थित तोसिमा सिभिक थिएटरमा फिल्म प्रदर्शन हुनेछ ।
युरोपेली मुलुक र दक्षिण कोरियामा मार्च दोस्रो सातादेखि फिल्म प्रदर्शनमा आउने वितरण कम्पनी प्रमुख प्याट्रिक सुवेदीले जनाए । ‘पहिलोपटक एउटै मितिमा विश्वका ठूला बजारमा फिल्म प्रदर्शनमा आउन लागेको हो’ सुवेदीले भने, ‘यसअघि अलग अलग मितिमा आउने गथ्र्यो तर, यसपटक एउटै मितिमा आउनेछ ।’
नेपालमा फेब्रुअरी २६ बुधबारदेखि देशब्यापी प्रदर्शन हुनेछ । जेपिटी क्रिएसनले निर्माण गरेको यो फिल्मको नेपालको एड्भान्स टिकट विक्री सुरु भएको छ । नेपालमा शो सोमबार बेलुका खुलेकाले विस्तृत शो संख्या आउन भने मंगलबारसम्म कुर्नुपर्नेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4