
१५ फागुन, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) भर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।
आज बैंकिङ समयपश्चात आईपीओ आवेदन बन्द हुनेछ । हालसम्म कम्पनीको आईपीओमा ११ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणका लागि कुल १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन भएकोमा अहिलेसम्म २ करोड ४ लाख १ हजार ९२० कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।
न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिन्छ । इक्रा नेपालले यस कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनी आफ्नो दायित्व वहन गर्न मध्यमस्तरमा सुरक्षित रहेको जनाउँछ ।
गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा छ भने प्रतिसेयर आम्दानी ५६ पैसा छ । ३० लाख ८८ हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4