+
+
Shares

गायक राईको निधनमा संगीतकर्मीद्वारा शोक व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १७ गते २०:५९

काठमाडौँ । गायक तथा संगीतकार विक्रम राईको निधन भएको छ । खोटाङ घर भएका राईको हृदयघातले शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको निधनमा कलाकारले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । गायिका मेलिना राईले लेखेकी छन्, ‘जिन्दगी साँचै नै अप्रत्याशित रहेछ । यो अकल्पनीय घटनाले स्तब्ध बनाएको छ । आज हामी माझ एक कुशल गायक, सङ्गीतकार रहनुभएन विश्वास गर्न धेरै गाह्रो भएको छ हामी सबैलाई । शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु, उहाँहरूलाई धैर्य धारण गर्न सक्ने क्षमता मिलोस् ।’

गायक प्रमोद खरेलले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । फिल्म निर्देशक तथा निर्माताहरूले पनि सामाजिक संजालमा दुःख व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?