 
																			२० फागुन, काठमाडौं । ललितपुरको टीकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ ।
बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले लामो समयको प्रयासपछि नियन्त्रणमा लिएको हो ।
बिहानै निस्किएको आगोको ज्वाला करिब १२ बजेतिर नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरि रेग्मीले स्थानीय र प्रहरी टोलीले आगो निभाएको बताए ।
स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका थिए । फायर स्टेङ विसरको सहयोगमा निभाइएको उनले बताए ।
एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको थियो । पानी हाल्दा झन बल्ने भएकोले आगो निभाउन समस्या भएको थियो ।
तस्वीरहरू : विकास श्रेष्ठ
 
   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4