+
+
Shares

विशेष अफरसहित यामाहा मेगा सर्भिस क्याम्प घोषणा

क्याम्पमा दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकका लागि आकर्षक अफर उपलब्ध गराइएको यामाहाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १५:३१

काठमाडौं । यामाहा नेपालले १८ देखि २४ फागुन एक सातासम्म देशभरिका सबै यामाहा सेवा केन्द्रमा ‘यामाहा मेगा सर्भिस क्याम्प’ आयोजना गरेको छ ।

क्याम्पमा दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकका लागि आकर्षक अफर उपलब्ध गराइएको यामाहाले जनाएको छ ।

यामाहा मेगा सर्भिस क्याम्प अवधिमा ग्राहकले उत्कृष्ट इन्जिन कार्यसम्पादनका लागि यामाहा ल्युबमा १५ प्रतिशत, टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पार्ट्समा १० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशत छुट दिइएको छ ।

त्यस्तै सुरक्षा र दक्षता बढाउन १५ प्वाइन्ट चेक–अप, निःशुल्क बाइक वास, निःशुल्क एएमसी कार्ड, सर्भिस क्याम्पमा आउने ग्राहकलाई गिफ्ट ह्याम्पर लगायत सुविधा पनि उपलब्ध गराइएको यामाहाको भनाइ छ ।

देशभरि २ सयभन्दा बढी अधिकृत सेवा केन्द्र भएको यामाहाले दक्ष प्राविधिक मार्फत् विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।

योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिका साथमा आफ्नो बाइकको उच्चस्तरीय प्रदर्शनका लागि ग्राहकले यामाहा एफआई स्टेसनबाट जेनुइन एफआई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?