
२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आइपर्ने बाधा अड्काउमा सहजीकरण गर्न महाधिवेशन केन्द्रीय निर्देशन समितिलाई निर्देशन दिएको छ ।
कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवार चयन लगायतका विषयमा संघभित्र देखा पर्ने समस्या समाधानमा सहजीकरण गर्न पार्टीले गठन गरेको नेपाल विद्यार्थी संघ महाधिवेशन निर्देशक समितिलाई भनेको हो ।
‘…उम्मेदवारी चयन गर्ने अभिभारा नेपाल विद्यार्थी संघकै रहेको स्मरण छँदै छ । यसका बाबजुद उम्मेदवारी चयनका सन्दर्भमा संघभित्र कतिपय समस्याहरू उब्जिएको खण्डमा या उम्मेदवारी चयन हुनलाई कतिपय ठाउँहरूमा अन्तिम निर्णय हुन नसकेको अवस्थामा बाधा अड्काउ फुकाउ गरी आवश्यक सहजीकरण गर्न गराउनका लागि पार्टीद्वारा गठित नेपाल विद्यार्थी संघ महाधिवेशन निर्देशन समितिलाई नै सो अधिकार पार्टीका तर्फबाट प्रत्यायोजन गरिएको व्यहोरा जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ ।
स्ववियु चुनाव ५ चैतका लागि तोकिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4