२७ फागुन, काठमाडौं । पाकिस्तानका लागि तुर्कमेनिस्तानका राजदूत केके अहसान वगानलाई लस एन्जलसबाट डिपोर्ट गरिएको छ । तुर्कमेनिस्तानका लागि पाकिस्तानी राजदूत वगानलाई अमेरिकाको लस एन्जलसबाट फर्काइएको हो।
समाचार संस्थाहरूका अनुसार, वैध भिसा र सबै कानुनी कागजातहरू भए पनि उनलाई अमेरिकामा प्रवेश गर्न अनुमति नदिइएको हो ।
छुट्टी मनाउन लस एन्जलस जाँदै गरेका वगानलाई अमेरिकी अध्यागमन अधिकारीहरूले विमानस्थलमै रोकेका थिए। यस घटनाबारे पाकिस्तानी परराष्ट्रमन्त्री इस्हाक डार र परराष्ट्र सचिव अमीना बलोचलाई जानकारी दिइएको बताइएको छ ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयले लस एन्जलसस्थित पाकिस्तानी वाणिज्य दूतावासलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्।
प्रतिक्रिया 4