 
																			२७ फागुन, काठमाडौं । काभ्रेको नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ ।
नमोबुद्ध स्तूप नजिकै हलुका स्टिलको संरचना भएको भवन निर्माण गरी सूचना केन्द्र स्थापना गरिएको हो । केन्द्रमा एयर कन्डिसन, फर्निचर, इनभर्टर प्रणाली, कम्प्युटर, प्रिन्टर र शौचालयको सुविधा छ ।
केन्द्रमा पर्यटकहरूका लागि प्रचार सामग्री, सूचना पुस्तिका तथा खेल सामग्री उपलब्ध छन् ।
सूचना केन्द्र सञ्चालन गर्नका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले करिब १९ हजार ९१६ अमेरिकी डलर लगानी गरेको जनाइएको छ ।
सूचना केन्द्र स्थापना गर्का लागि नगरपालिकाले जग्गा र प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
कोइकाले सन् २०१८ देखि नमोबुद्ध नगरपालिकासँग साझेदारी गर्दै आएको छ। सन् २०२४ मा कोइकाले पर्यटन क्षेत्रको विकासका लागि १५ महिनाका लागि यङ्मान लिमलाई स्वयंसेवक रूपमा खटाएको थियो।
पर्यटक सूचना केन्द्र कोइकाका नेपाल कार्यालय निर्देशक मूहुन कङले नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुङ्साङ लामालाई हस्तान्तरण गरे ।
कार्यक्रममा नगरपालिका कर्मचारी, वडा प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको सहभागिता थियो ।
कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा सहयोग गर्न कोरियन स्वयंसेवकहरू खटाउने गरेको छ ।
हाल कोइकाका ७ स्वयंसेवक नेपालका विभिन्न सरकारी निकायहरूमा कार्यरत छन्। अहिलेसम्म ४१० स्वयंसेवकहरूले नेपालमा विभिन्न क्षेत्रहरूमा योगदान पुर्याइसकेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4