+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंमा होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १८:३८
फाइल तस्वीर

२९ फागुन, काठमाडौं । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ३ महिला र ५२ पुरुष छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ परेका ५५ मध्ये ३ पुरुष र २ महिलालाई छाडिएको छ ।

४९ जना पुरुष र १ जना महिलालाई छाड्न बाँकी छ ।

उनीहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।

त्यसैगरी २०१ थान दुई पांग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार पांग्रे सवारी भने १८ थान नियन्त्रण्मा लिइएको प्रहरीले जनाएको छ ।

तीमध्ये ११६ वटा दुई पांग्रे र १३ वटा गरी ५६ सवारी साधन छाडिएको एसपी बोहोराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?