+
+
Shares

हेटौंडाको हुप्रचौरमा बेवारिसे प्रेसर कुकर भेटियो, स्थानीय त्रसित

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते २०:२७

२९ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकर फेला परेपछि खतराजन्य वस्तु रहेको आशंकामा उनले प्रहरीलाई खबर गरेकी छन् ।

जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनास्थललाई सुरक्षित राखेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रेसर कुकर बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टिमलाई खबर गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?