+
+
Shares

धनुषामा प्रहरीको गोली लागेर एकजना घाइते

चोकको नाम राख्ने विषयमा दुई समूहबीच विवाद बढेपछि झडप भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १४:५९

४ चैत, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।

गोली लागेर एकजना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । उनको पहिचान खुलेको छैन ।
झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउने परेको डीएसपी सिंहले बताए । घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन लागिएको उनले जानकारी दिए ।

भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?