+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धुलिखेल अस्पतालका दुई चिकित्सकलाई काउन्सिलले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १५:५५

५ चैत, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल)को मानसिक रोग विभागका दुई चिकित्सकमाथि नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको छ ।

उनीहरूलाई ‘किन कारबाही नगर्ने’ भन्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो ।

धुलिखेल अस्पतालको एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत ४ फागुन (आइतबार) आत्महत्याको प्रयास गरेकी थिइन् । आत्महत्याको गर्नुको कारणमा चिकित्सकले निरन्तर दिएको दबाब र गालीगलौज गरेको उनीहरूको आरोप थियो ।

यस विषयमा नेपाल मेडिकल काउन्सिलले आरोपित चिकित्सक र पीडित दुवै पक्षको बयान लिएको थियो ।

बयानको आधारमा मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल, सोही विभागका डा. दीपक कुँवरलाई किन कारबाही नगर्ने भन्दै मेडिकल काउन्सिलले आइतबार स्पष्टीकरण साधेको छ ।

काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा.विश्वराज दवाडी, सहसंयोजक डा. कुन्जाङ शेर्पा र सदस्यहरू डा. आनन्दकुमार शर्मा, डा. रूपक बीके घिमिरे र राजेश्वर अधिकारीको पाँच सदस्यीय समितिले बयान लिएको थियो ।

‘विद्यार्थीहरूले लगाएको आरोप, सत्य हो कि होइन भनेर पुनः एकपटक स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं,’ काउन्सिलका एक सदस्यले अनलाइनखबरसँग भने, ‘उजुरी भएको आधारमा हेर्दा आशिंक दोषी देखिएको आधारमा किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेका हौं ।’

ती सदस्यका अनुसार कारबाही लागि भने निर्णय भइसकेको छैन । उनीहरूले दिएको स्पष्टीकरणका आधारमा कस्तो कारबाही हुने भन्ने निर्णय हुने ती सदस्यले बताए ।

काउन्सिलले विभागमा कार्यरत चार चिकित्सकलाई काम नगर्न एक हप्ताको लागि निलम्बन गरेको थियो । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेसले पनि यस विषयमा छानबिन गरिरहेकाले कुनै पनि काममा संलग्न नहुन निर्देशन दिएको थियो ।

आवासीय चिकित्सकले घटनाबारे आंशका जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । घटना पहिलो नभई यसअघि पनि पटकपटक भएको उनीहरूको आरोप छ ।

विभागीय प्रमुख र एसोसिएट प्रोफेसरबाट पटकपटक दुव्र्यवहार भएको उनीहरूको भनाइ छ । एकवर्ष अघि पनि एक जना विद्यार्थीले दुव्र्यवहारकै कारण आत्महत्याको प्रयास गरेको तथा एक जना विद्यार्थी बीचमै पढाइ छोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?