+
+
Shares

संविधानसभा परिषदले भन्यो : संविधानविरूद्ध हुने गतिविधि सह्य हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १३:५२

११ चैत, काठमाडौं। संविधानसभा परिषद नेपालले संविधानविरूद्ध हुने गतिविधि सह्‍य नहुने बताएको छ ।

सोमबार परिषदका अध्‍यक्ष अनन्त पौडेलले विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा देखिएका राजावादीका अराजक गतिविधि सह्‍य नहुने बताएका हुन् ।

‘वर्तमान अवस्थामा देखिएका अराजक गतिविधिले राजनीतिक अस्थितरता सिर्जना गर्ने, लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने र नेपाली समाजलाई विखण्डन गर्ने षडयन्त्र मात्र नभई संविधानको मर्म र भावनाविरीत संवैधानिक व्‍यवस्थामाथि नै हमला गर्ने कार्य हो भन्‍ने ठहर गर्दछ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै नेपाली जनताको अभिमतबाट स्थापित भएको लोकतान्त्रिक व्‍यवस्थाको रक्षा गर्न पनि सबैसँग परिषदले अपिल गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?