+
+
Shares

चार दशक जेल बसेका व्यक्ति निर्दोष ठहरिए, ८९ वर्षको उमेरमा १४ लाख डलर क्षतिपूर्ति 

कल्पना गर्नुहोस्– एक व्यक्ति कुनै अपराधमा संलग्न नभए पनि चार दशकसम्म कारागारमा बिताउन बाध्य भयो, त्यो पनि मृत्युदण्डको पर्खाइमा । जुनसुकै दिन उनी फाँसी चढ्न सक्थे । तर, अन्ततः एक ऐतिहासिक दिन आयो, जुन दिन अदालतले उनलाई निर्दोष ठहर्यायो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १३:४६
तस्वीरः एपी/रासस

१२ चैत, टोकियो । एउटा गलत अभियोजनले मानिसको जीवनमा कति ठूलो असर पार्न सक्छ ? के यसको कुनै क्षतिपूर्ति हुनसक्छ ?

कल्पना गर्नुहोस्– एक व्यक्ति कुनै अपराधमा संलग्न नभए पनि चार दशकसम्म कारागारमा बिताउन बाध्य भयो, त्यो पनि मृत्युदण्डको पर्खाइमा । उनीविरुद्ध ‘ब्ल्याक वारेन्ट’ जारी भइसकेको थियो, जसको अर्थ जुनसुकै दिन उनी फाँसी चढ्न सक्थे ।

तर, अन्ततः एक ऐतिहासिक दिन आयो, जुन दिन अदालतले उनलाई निर्दोष ठहरायो । यो घटना जापानको हो ।

चार दशकसम्म उनले भोगेको पीडा र अन्यायको कुनै मूल्य त हुन सक्दैन, तर जापानको इतिहासमै सबैभन्दा ठूलो क्षतिपूर्तिको आदेश अदालतले दिएको छ ।

एक गलत हत्याको आरोपमा दोषी ठहरिएका र विश्वमै सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका इवाओ हाकामादालाई अदालतले १४ लाख डलर क्षतिपूर्ति दिन आदेश दिएको छ ।

यो भुक्तानीले हाकामादाले चार दशकभन्दा बढी समय थुनामा बिताएको क्षतिपूर्ति स्वरूप प्रति दिन १२ हजार पाँच सय येन (८३ अमेरिकी डलर) प्रदान गरेको छ ।

८९ वर्षीय यी पूर्वबक्सर सन् १९६६ मा चार व्यक्तिको हत्या आरोपमा फसाइएका थिए । तर, गत वर्ष उनकी बहिनी र अन्य समर्थकहरूको निरन्तर प्रयासपछि उनलाई निर्दोष ठहराइएको थियो ।

सिजुओका जिल्ला अदालतले सोमबारको फैसलामा ‘दावीकर्तालाई २१ करोड ७३ लाख ६२ हजार पाँच सय येन क्षतिपूर्ति दिन’ आदेश दिएको छ ।

सेप्टेम्बर महिनामा सोही अदालतले हाकामादालाई पुनरावलोकनपछि निर्दोष ठहराएको थियो र प्रहरीले प्रमाणहरूमा छेडछाड गरेको निष्कर्ष निकालेको थियो ।

अदालतले हाकामादामाथि गरिएको ‘स्वीकारोक्ति निकाल्न जबरजस्ती गरिएको अमानवीय अनुसन्धान’ को पनि ठहर गरेको छ । पछि उनले जबरजस्ती गराइएको त्यो बयान फिर्ता लिएका थिए ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यो रकम जापानको इतिहासमै यस्ता प्रकारका क्षतिपूर्तिमा सबैभन्दा उच्च हो । तर हाकामादाको कानूनी टोलीले पैसाले उनले भोगेको मानसिक तथा शारीरिक पीडालाई पूरै सम्बोधन गर्न नसक्ने बताएको छ ।

दशकौँसम्म नजरबन्दमा रहँदा मृत्युदण्डको खतरा झेल्नुपरेको कारण हाकामादाको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको छ । उनका वकिलहरूका अनुसार उनी अहिले पनि ‘कल्पनाको संसारमा बाँचिरहेका’ छन् ।

हाकामादा जापानको युद्धपछिको इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौँ कैदी हुन् । अघिल्ला चारवटा मामिलामा पनि सम्बन्धित व्यक्तिहरू निर्दोष ठहर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?