+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेपाली आप्रवासीको कथामा अमेरिकामा खिचियो ‘वन अफ द मिलियन्स’

विशाल सापकोटा निर्देशित फिल्मले अमेरिका पुगेको नेपाली आप्रवासीको संघर्षको कथालाई पेश गर्नेछ । ज्यान जोखिममा राखेर अवैध बाटोबाट भविष्य बनाउने सपना देखेर अमेरिका पुगेको पात्रको कथा यसमा समेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १२:३७
फिल्ममा अभिनय गर्दै हसनराजा खान ।

काठमाडौं । ‘अलबिदा’बाट नेपाली फिल्ममा डेब्यु गरेका अभिनेता हसनराजा खानको पुनरागमन निश्चित भएको छ । खानको शीर्ष भूमिका रहेको फिल्म ‘वन अफ द मिलियन्स’को छायांकन अमेरिकामा सम्पन्न भएको छ ।

विशाल सापकोटा निर्देशित फिल्मले अमेरिका पुगेको नेपाली आप्रवासीको संघर्षको कथालाई पेश गर्नेछ । ज्यान जोखिममा राखेर अवैध बाटोबाट भविष्य बनाउने सपना देखेर अमेरिका पुगेको पात्रको कथा यसमा समेटिएको छ ।

फिल्ममा हसनसहित सुवास थापाको पनि अभिनय छ । रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई टेक्सस लगायतका विभिन्न अमेरिकी राज्यमा खिचिएको छ । ११ दिन लगाएर फिल्म खिचिएको जनाइएको छ ।

अमेरिकामा बसोबास गर्दै आएका २० जना कलाकारले अभिनय गरेका छन् । सन् २००९ मा काठमाडौंमा आयोजित ‘मिस्टर क्यापिटल’ नामक सौन्दर्य प्रतियोगिता जितेका हसनले ‘अलबिदा’पछि ‘रोमियो’ नामक फिल्ममा अभिनय गरेका थिए ।

नयाँ फिल्मबाट पनि आफूलाई दर्शकले साथ दिने हसनको विश्वास छ । उनले सन् २०१५ मा कतारको राजधानी दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नव–नायकको अवार्ड जितेका थिए भने उनी न्यूयोर्कमा आयोजित ‘ग्लोबल फिल्म अवार्ड’मा पनि सहभागी हुँदै फिल्म ‘डिपार्चर’ निर्माणको घोषणा गरेका थिए ।

‘वन अफ दि विलियन्स’लाई विभिन्न अन्तरराष्ट्रिय महोत्सवमा रिलिज गरिने र त्यसपछि नेपालको प्रदर्शन तय गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?