+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
41/3 (7.2)
Shares

तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित हुन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १३:५७

१५ चैत, काठमाडौं ।प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो ।

प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा रहेका नेताहरूसमेत सुरक्षित स्थलतर्फ लागेका थिए । अहिले नेताहरू पुनः मञ्चमा जम्मा हुन थालेका छन् ।

आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं मञ्चमा चढेका छन् । मञ्चमा पुगेर नेता र राजवादी समर्थकहरुलाई कार्यक्रम स्थलमा आउन माइकबाट आह्वान गरिरहेका छन् । उनले संयमित भएर सभा सम्पन्न गर्न आह्वान गरेका छन् ।

उनले प्रहरीलाई बल प्रयोग नगर्न र आफ्ना समर्थकहरुलाई पनि ढुंगामुढा नहान्न अनुरोध गरिरहेका छन् ।

नेताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।

त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?