+
+
Shares

माधव नेपालले भने- यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार !

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १५:१०

१५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन् ।

समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध आफूहरु उभिने र इतिहास फेरि पछाडि जान नदिने बताए ।

‘यो कार्यक्रम त कास्टिङ मात्रै हो, प्रतिगामीहरु होसियार’ अध्यक्ष नेपालले भने, ‘नेपाली जनता कसैको दास बन्न चाहदैन । राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?