
१५ चैत, काठमाडौं । आज भएको गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिस उपस्थित भएको बताइएको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले समाजवादी मोर्चाको भृकुटिमण्डपमा भएको प्रदर्शन निकै शान्त भएको बताउँदै करिब ३५ हजार सहभागी भएको बताए । त्यसैगरी राजावादीले गरेको तीनकुनेको प्रदर्शनमा भने करिब ४ देखि ५ हजार व्यक्ति आएको बताए ।
समाजवादी मोर्चाको आन्दोलन निकै शान्त हुँदा राजावादीको आन्दोलन भने हिंसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकार र एक प्रदर्शनकारीको मृत्यु समेत भयो ।
उक्त आन्दोलनमा ३० जना घाइते भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4